ओली-देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तयारी

काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा गरिएको सिफारिस बमोजिम प्रहरीले राजनीतिक दलका नेता र तीनको सघन समूहका सदस्यमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा केही नेताको घरमा रकम भेटिएको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानलाई पूर्णता दिँदै थपमाथि पनि प्रहरी अनुसन्धान अगाडि बढ्न लागेको हो । आइतबार बिहान नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का सोही अनुसन्धानका सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको परिवारका सदस्यसहित उनको सचिवालयका केही व्यक्तिमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले बतायो ।

जेनजी आन्दोलनकै क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको घरमा रकम फेला परेको थियो । आगोले नष्ट हुन बाँकी उक्त रकमको मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालको ललितपुर महानगरपालिका(२६ सुनाकोठीस्थित घरमा आगलागी हुँदा नगद भेटिएको थियो ।

यससँगै नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयका केही व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिने भएको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको