कालिका नगरपालिकाको पहलमा समन्वयात्मक बैठक: रिङरोड, शिक्षा, पर्यटन र कृषि-उद्योगमा सहकार्य गर्ने सहमति
२० पुष २०८२, आईतवार १७:०६
कालिका नगरपालिकाले चितवनका सबै पालिकाका एवं सीमावर्ती धादिङ र मकवानपुरका पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निमन्त्रणा गरेर विकासमा समन्वय गर्दै अघि बढ्न समन्वयात्मक बैठक दोस्रो पटक आयोजना गरेको हो ।
बैठकमा सहभागी जनप्रतिनिधिहरुबीच संयुक्त रुपमा फोहोर व्यवस्थापन गर्ने, चेपाङ, विपन्न, सीमान्तकृत बालबालिकाको शिक्षाका लागि संयुक्त रुपमा काम गर्ने विषयमा छलफल भएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो “विभिन्न एनजिओ÷आईएनजि र पालिकाले छरेर यस्ता वर्गको शिक्षामा लगानी गर्नुभन्दा एकीकृत रुपमा लगानी गर्दा राम्रो प्रतिफल आउने विषयमा छलफल भयो ।” छलफलमा आवासीय सुविधाको सहित बृहत छात्रावास बनाउने र एकै ठाउँबाट शिक्षा प्रदान गर्ने विषयमा सबै एकमत भएको उहाँले बताउनुभयो ।
सबै पालिकाको भूमि वर्गीकरणमा एकरुपता ल्याउने र लामो समयदेखि चर्चामा रहेको त्रिशुली डाईभर्सनको कामलाई संयुक्त रुपमा पहल गरी अघि बढाउने विषयमा छलफल भएको उहाँको भनाई छ । यसैगरी शक्तिखोरको औद्योगिक क्षेत्र यथासक्य छिटो निर्माण गर्न संयुक्त पहल गर्ने र यस आसपासमा रहेका उद्योगहरुलाई पनि यही औद्योगिक क्षेत्रसँग जोड्ने विषयमा छलफल भएको छ ।
प्रमुख रेग्मीका अनुसार सबै पालिकामा रहेका गौरवका आयोजनाहरु सम्पन्न गर्ने र थप आयोजना भित्र्याउनका लागि संयुक्त प्रयास गर्ने, कृषि उत्पादनको बजारीकरणमा संयुक्त रुपमा काम गर्ने विषयमा छलफल भएको छ । उहाँले भन्नुभयो “पर्यटनका क्षेत्रमा पनि मिलेर काम गर्ने विषयमा छलफल भएको छ ।” चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु हेर्न आएका पर्यटकलाई ट्रेकिङ मार्फत् जिल्लाका पहाडी चेपाङ वस्तीसम्म पु¥याएर हिमाल देखाउने विषयमा सबै सहमत भएको उहाँले बताउनुभयो । यससँगै यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन सकिने उहाँहरुको राय थियो ।
समग्र जिल्लालाई जोड्ने गरी रिङ्गरोड बनाउने, खैरहनीमा रहेको कृषि क्याम्पसलाई थप व्यवस्थित गर्न सबै पालिकाले पहल गर्ने, जिल्लाका पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा खेतीलाई नष्ट गर्ने काम बन्द गरी कानुनत खेती गर्न पाउने व्यवस्था गर्न आवश्यक पहल गर्ने विषयमा पनि बैठकमा छलफल भएको रेग्मीले बताउनुभयो । गाँजालाई लागूऔषधको रुपमा प्रयोग गर्न नभई कपडा उत्पादन, औषधि र अन्य आयमूलक काममा प्रयोग गर्ने नीति निर्माण गर्न पहलमा संयुक्त रुपमा पहल गर्ने विषयमा छलफल भएको उहाँको भनाई छ ।
सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले सबै पालिका मिलेर संयुक्त रुपमा काम गरेमा धेरै काम गर्न सकिने र काम गर्न सहज हुने बताउनुभयो । कतिपय कामहरु संयुक्त रुपमा गर्दा व्ययभार कम हुने भन्दै उहाँले यस्तो बैठक नियमित गर्न सुझाव दिनुभयो ।
बैठकमा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, खैरहनी नगरपालिकाका प्रमुख शशि खनिया, माडी नगरपालिकाका प्रमुख तारा काजी महतो, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, धादिङको बेनिघाट–रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया लगायत पालिकाका उपप्रमुखहरु, उपाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृतहरु र पालिकाका महाशाखा प्रमुखहरुले आफ्नो धारणा र सुझाव राख्नु भएको थियो ।
सो अवसरमा कालिका नगरपालिकाभित्र रहेका चेपाङ बालबालिकाहरुको अवस्था बारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । दुई महिना भित्रमा उठेका विषयहरुलाई आफ्नो पालिका र सम्बन्धित महाशाखामा छलफल गरी सबैलाई एकताबद्ध रुपमा गर्न सकिने कामको खाका सहित रत्ननगर नगरपालिकाको आयोजनामा बैठक बस्ने सहमति भएको छ ।
कालिका नगरपालिकाले यस अघि पनि यस्तै समन्वयात्मक बैठक आयोजना गरेको थियो । यस्ता बैठकले पालिकाहरुबीचको अनुभव आदानप्रदान र राम्रा कामहरुको अनुसरण गर्न सहज हुने गरेको बैठकमा सहभागीहरुको भनाई छ ।