प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट गोरखा-१ मा ८ जना र २ मा ६ जनाको नाम  सिफारिस 

गोरखा । नेकपा (एमाले) जिल्ला कमिटी गोरखाले पार्टी केन्द्रको निर्देशनअनुसार आउँदो फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखाका दुबै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभा क्षेत्र नं–१ र क्षेत्र नं–२ का लागि छुट्टाछुट्टै नामावली सर्वसम्मत रूपमा केन्द्रमा पठाएको जनाएको छ।

जिल्ला कमिटीका पार्टी अध्यक्ष सुरेन्द्र बहादुर थापाका अनुसार सिफारिस सूची संगठनात्मक योगदान, स्थानीय शक्ति सन्तुलन र कार्यकर्ताको सुझावका आधारमा तयार गरिएको हो।
एमालेले प्रतिनिधि सभा क्षेत्र नं–१ बाट अमिर काजी थापा, आर सी लामिछाने, कृष्णप्रसाद काप्री, रुपेश रोकाहा (चेत ब), बिशाल थापा, डा. मोजराज बगाले, लिलानाथ न्यौपाने र देवी थापा (महिला) लाई सिफारिस गरेको छ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं–२ का लागि मिलन गुरुङ (चक्रे मिलन), बाबुराम थापा, शशिकला देवकोटा, अब्दुस सलाम मियाँ, कमल दानी र बसन्त गुरुङ को नाम सिफारिस सूचीमा समावेश गरिएको छ। अध्यक्ष थापाले सिफारिस भएका नाममध्येबाट अन्तिम उम्मेदवार चयन गर्ने अधिकार पार्टी केन्द्रीय कमिटीमा रहने उल्लेख गर्दै केन्द्रले चाँडै औपचारिक निर्णय लिने जानकारी दिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको