नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुईवटा हात्तीको सौराहाबाट गरियो बिदाइ

चितवन । नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुईवटा हात्तीको सौराहाबाट बिदाइ गरिएको छ।

चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई बिदाइ गरिएको हो।

हात्तीहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाइ फलफूल खान दिएर बिदाइ गरिएको थियो।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तलगायतले हात्तीलाई माला लगाए। बिदाइ गरे।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको