सुनको मुल्य तोलामा झण्डै सात हजार रुपैयाँले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा झण्डै सात हजार रुपैयाँ घटेको छ।

आज सुन तोलामा ६ हजार नौ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सुन २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै चाँदीको भाउ आज  तोलाको १५० रुपैयाँले घटेर ३१ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको