गोरखा । गण्डकी गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भैरवाश्रम माध्यमिक विद्यालयले हात पारेको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा असोज २८ देखि ३० गतेसम्म मकैसिङस्थित विजय भवानी माविमा प्रतियोगिता सम्पन्न भएको हो।
भैरवाश्रम माविले ७ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै पहिलो स्थान हासिल गर्दै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

शिक्षा शाखा प्रमुख सुदीप पन्थका अनुसार ज्ञानमार्ग माविले ५ स्वर्ण, २ रजत र ३ कास्य जितेर दोस्रो स्थानमा रहँदा विजय भवानी माविले ३ स्वर्ण, ४ रजत र १ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको हो। त्यस्तै रत्नेश्वर माविले ३ स्वर्ण, ३ रजत र ३ कास्य जितेर चौथो स्थानमा पुगेको छ।
गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए। तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र/छात्रातर्फ १४/१४ विधाका खेलहरूमा प्रतिस्पर्धा गरिएको थियो।
विजेता विद्यालय र उत्कृष्ट विद्यार्थीहरूलाई बिहीबार एक विशेष समारोहबीच पुरस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
राष्ट्रपति रनिङ शिल्ड २०८२ प्रतियोगिताको विभिन्न खेलकुद प्रतिस्पर्धामा प्राप्त नतिजा निम्न अनुसार रहेका छन्।










