कक्षा १२ को मौका  परीक्षाको तालिका सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।

बोर्ड अन्तरगत परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको छ ।

सूचना अनुसार परीक्षा २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ । परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म चल्ने बोर्डले जनाएको छ ।

वार्षिक परीक्षामा सहभागी भई सैद्धान्तिक विषयहरूमा न्यूनतम डी ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा दुई विषयमा अनुपस्थित भएका वा एउटै विषयमा एनजी वा अनुपस्थित भएका नियमित परीक्षार्थीहरू मात्र मौका परीक्षामा सहभागी हुन पाउने बोर्डले स्पष्ट पारेको छ ।

परीक्षा बोर्डले परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योगको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

पुनर्योग गर्न चाहनेले अनलाइनमार्फत निवेदन दिन सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको