क्लिनिक नेपालद्वारा चितवनमा विपन्न परिवारको स्वास्थ्य बीमा नवीकरण

चितवन । क्लिनिक नेपालले भरतपुर महानगरपालिका वार्ड नम्बर २७ मा रहेका विपन्न परिवारहरूलाई लक्षित गरी नेपाल सरकारको स्वास्थ्य बीमा योजना यस वर्ष पनि नवीकरण गरेको छ। यो योजना क्लिनिक नेपालको संरक्षणमा रहेका बालबालिका तथा वरपरका अति आवश्यक समुदायहरूका लागि विशेष रूपमा सञ्चालन गरिएको हो।

हालसम्म १०० घरपरिवारलाई यो बीमा योजनामा समावेश गरिएको छ। प्रत्येक घरपरिवारमा औसतमा पाँचदेखि आठ जना सदस्य रहेका छन्, जसअनुसार सयौं व्यक्तिहरूको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गरिएको छ।

स्वास्थ्य बीमा योजनाअनुसार पाँच जना सदस्यसहितको एक घरपरिवारको बीमा शुल्क रू. ३,५०० पर्छ। पाँच जनाभन्दा बढी सदस्य भएमा प्रत्येक अतिरिक्त व्यक्तिको लागि रू. ७०० थप शुल्क लाग्ने व्यवस्था गरिएको छ।

क्लिनिक नेपालले आगामी आर्थिक वर्ष २०८२/८३ मा यो संख्या बढाएर १५० घरपरिवारसम्म पुर्‍याउने लक्ष्य राखेको छ, जसले समुदायमा स्वास्थ्य सुरक्षाको पहुँचलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको