चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा मंगलबार भएको दोस्रो अखिल हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ को शिक्षा संकाय प्रथम भएको छ । अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको प्रतियोगितामा ३५ टिमलाई पछि पार्दै कक्षा १२ को शिक्षा संकाय प्रथम भएको हो ।
प्रतियोगितामा १९ अंक प्राप्त गरेर विजयी भएको कक्षा १२ को शिक्षा संकायले १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल र ट्रर्फी प्राप्त गरेको छ । त्यस्तै बिबिएस तेस्रो बर्षले १४ अंक ल्याएर द्धितिय भएको छ । द्धितिय भएको यस समूहले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष महेश सापकोटाले जानकारी दिए ।
सापकोटाकाअनुसार १० अंकसहित तृतीय स्थानमा रहेको बिएड तेस्रो बर्षले ३ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । कमिटिले प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई पनि प्रमाणपत्र दिएको छ ।
उनका अनुसार ३५टिम प्रतियोगितामा सहभागी थिए । २५ टिमलाई पछि पार्दै १० टिम फाइनलमा प्रवेश गरेका थिए । फाइनलमा १० टिमबीच प्रतिस्पर्धा गरेर प्रथम, द्वितीय, तृतीय छुट्याएको सापकोटाले बताए । विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गर्ने उद्देश्यले अनेरास्ववियु क्याम्पस कमिटीले पहिलो पटक विभिन्न संकायमा अध्ययनरत विद्यार्थीबीच गरेको प्रतियोगिता सफलतापूर्वक समपन्न भएको उनले बताए ।
प्रतियोगितामा विषयगत तथा समयसामायीक राजनीतिक प्रश्न सोधिएको थियो । अनेरास्ववियु सप्तगण्डकी क्याम्पसका अध्यक्ष महेश सापकोटाको अध्यक्षमा भएको कार्यक्रममा नेकपा एमाले बाग्मती प्रदेश सदस्य अश्विन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी अनेरास्ववियु बाग्मती प्रदेशका सचिव प्र्रकाश कालाखेति, जिल्ला कमिटीका अध्यक्ष हरि आचार्य, क्याम्पस प्रमुख खिमलाल दाहाललगायत अनेरास्ववियुका नेता, प्रध्यापक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । अनेरास्ववियु सप्तगण्डकीका सचिवालय सदस्य कुशल ढकालले स्वागत मन्तव्य तथा सचिवालय सदस्य अर्जुन अर्यालले कार्यक्रम संचालन गरेका थिए ।