प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्।

पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्। प्रचण्ड विहान ११ बजे गोेरखा आइपुग्ने पालुङटार नगरपालिकाका मेयर विवस चिन्तनले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम रहेकोछ।

यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।

वूड हिल–लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको