सुनको मूल्य ५००ले बढ्यो, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेकाे हो।

योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा काराेबार भएकाे छ । बिहीबार चाँदी तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको