चितवन । एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ९अनेरास्ववियु० का महासचिव समिक बडालले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हाम्रो हार जितसँग भन्दा पनि संस्था जोगाउन गर्नु पर्ने बताएका छन । आज चितवनमा भएको अगुवा कार्यकर्ता भेलामा बल्दै उनले यस्तो बताएका हुन ।
स्वतन्त्र बिद्यार्थी युनियनको हार जित महत्वपुर्ण विषय होईन, उनले भने स्ववियुको निर्वाचन गर्नु भनेको संस्था जोगाउन सकिन्छ कि सकिदैन भन्ने कुरा हामीसँग जोडिन्छ । संस्था जोगियो भने मात्रै हामी जोगिने उनले बताए । त्रिविले फागुन दोस्रो साता स्ववियु निर्वाचन गर्ने भने सँगै बिद्यार्थी संगठनहरु तयारीमा जुटन थालेका छन । कार्यकर्तालाई शसक्त ढंगले स्ववियु निर्वाचनको तयारीमा लाग्न उनले अनुरोध गरे । स्ववियुको मुल नेतृत्व जित्ने गरि अगाडी बढन बडालले कार्यकर्तालाई निर्देशन दिए ।
अनेरास्ववियु चितवनका संयोजक अमित कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले चितवनका जिल्ला कमिटी सदस्य देव पाठक, अनेरास्ववियुका स्थायि कमिटी सदस्य प्रकाश भट्ट, केन्द्रिय कमिटी सदस्य प्रकाश आचार्य, जिल्ला कमिटी सदस्यहरु, विभिन्न क्याम्पस कमिटीा सदस्यको उपस्थिती रहेको थियो । कार्यक्र्रमको संचालन भने अनेरास्ववियु चितवनका सह(संयोजक हरि आचार्यले गरेका थिए ।












