
काठमाडौँ । सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रवार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।