चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा चितवनमा युवा संघले मोटरसाइकल र्याली निकालेको छ। माधिवेशन प्रचारको लागि मोटरसाइकल र्याली गरिएको हो । र्याली माधिवेशन उद्घाटन सत्रस्थल नारायणी किनारबाट न्यूरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास रोड हुँदै-हाकिमचोक, चौबिसकोठी, पुलचोकलगायतका स्थान परिक्रमा गरेर पुनः नदी किनारमै पुगेर समापन गरिएको थियो। र्यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएको आयोजकले जनाएको छ ।









