काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकामा एक बालिका मृत फेला परेकी छन्।
प्रहरीका अनुसार शम्भुनाथ-३ का इरफान खातुनकी छोरी २ वर्षीया खुशी घर पछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९:४० बजेसम्म बालिका घरमै खेलिरहेकी थिइन्।
उनी हराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। प्रहरी र गाउँलेले खोजी गर्ने क्रममा घरपछाडि झाडीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक हेमराज घिमिरेले थाहाखबरलाई जानकारी दिए।
प्रहरीले घटनाबारे अनुसन्धान तथा छानबिन र बालिकाको पोष्टमार्टमका लागि प्रक्रिया अगाडि बढाएको बताए।









