काठमाडौं । विहिबार नेपालमा ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ ।
२१ हजार १४२ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २७०७ जना निको भएका छन् ।
कूल संक्रमित संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । ३ हजार ५२९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या प्रतिशत १९.६९ पुगेको छ









