कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता गर्ने एमालेको निर्णय

काठमाडौं। नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णयसमेत गरेको छ ।

कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुनुहुन्छ । सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा मन्त्री हुनुहुन्छ ।

आज बसेको संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का हुनुहुन्थ्यो । रेडियो नेपाल

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको