रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशन आजबाट सुरु, भोली सोमवार बिहानबाट मतदान हुने

चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन उद्घाटन भएको छ । बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको निर्वाचन हुने भएकाले संघको अधिवेशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

साधारण सभाको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका व्यवसायीहरुले उद्योग र व्यापारलाई आधुनिकतामा रुपान्तरण गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकारिताको माध्यवबाट जिल्लाको आर्थिक विकासमा योगदान गर्ने पत्रकारहरु रमेशकुमार पौडेल,शालिकराम नेपाल,होमनाथ सापकोटा,धु्रवराज खनाललाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष राजाराम रेग्मीको कार्यकालमा सहयोग गर्ने कार्यसमितिका पदाधिकारी,सदस्यहरु,पूर्व अध्यक्षहरु,कर्मचारी तथा वाल श्रम न्यूनीकरणमा योगदान दिएका वडा नं १४ का सचिव बासुदेव रिजाललाई कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन,नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाल ढकाल,नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ,संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । साधारण सभाको बन्द सत्रमा महासचिव निराजन खनालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देविप्रसाद डल्लाकोटीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा विभिन्न प्रस्तावहरु पारित भएको छ । कार्यक्रममा दुई वटा क्लवहरुलाई संघले पोसाक समेत सहयोग गरेको छ ।

संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सांसद हरि अधिकारी,प्रदेश सांसद कृष्ण खनाल,घनश्याम दाहाल,कन्चन खनाल लगायतको सहभागिता रहेको थियो । भोली सोमवार विहानबाट सुरु हुने मतदानबाट बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु चयन हुदैछन । संघको नेतृत्व हात पार्न नेकपा र नेपाली काँग्रेस निकटका व्यवसायीहरु दुई प्यालन चुनावी मैदानमा छन । संघको वरिष्ठ उपाध्यक्ष सहित २१ पदमा निर्वाचन हुँदै छ । त्यसका लागि ४३ जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन ।

मतदानमा बरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली काँग्रेस निकटका व्यवसायी देबेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा हुदैछ । बणिज्य तर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली काँग्रेसबा कविन घिमिरे तथा स्वतन्त्र उम्मेदवारका रुपमा देवीप्रसाद डल्लाकोटीले उम्मेदवारी बनेका छन । उद्योत तर्फको उपाध्यक्षमा नेकपाका पुरु खनाल र नेपाली काँग्रसबाट निरञ्जन थापा,एशोसियट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारीले वीच प्रतिस्पर्धा हुदैछ ।

महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली काँग्रेसबाट माधवप्रसाद पौडेल र कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली काँग्रेसबाट मीना उप्रेती उम्मेदवार बनेका छन । बाणिज्य सदस्यको लागि नेकपा बाट अर्जुन बस्ताकोटी, इश्वरी प्रसाद अर्याल,रामशरण नेपाल,सुन्दरमणि सुवेदी,सुरेन्द्र दुवाडी,सुर्यप्रकास रेग्मी,प्रकासमणि सापकोटा,उत्तम घिमिर र नेपाली काँग्रेसबाट सुरेन्द्रकुमार श्रेष्ठ,यामनाथ आचार्य,हेमराज आचार्य,कृष्ण चौधरी,सागर दुवाडी,सिताराम भट्टराई,बुद्धराम जोशी,सुर्यकान्त पौडेल चुनावी मैदानमा छन । उद्योग तर्फ सदस्यका लागि नेकपाबाट अनुप विसुराल,सुवास मिश्र,उद्धबकुमार कोइराला,रामप्रसाद पाण्डे,महेन्द्र घिमिरे,विरञ्जना सापकोटा र नेपाली काँग्रेसवाट बुद्धिराज ओझा,अरुणकुमार सिवाकोटी,शम्शेर घामल्य,सविन मानन्धर,कपिल ढकाल र हरिशरण भट्टराई बीच प्रतिस्पर्धा हुँदैछ ।

महिला सदस्यमा नेकपाबाट निर्मला सुवेली र नेपाली काँग्रेसबाट उर्मिलादेबी पोखरेल चुनावी मैदानमा छन । बस्तुगत उपाध्यक्षमा नेपाली काँग्रेसका रघुनाथ भट्ट,बस्तुगत सदस्यमा नेपाली काँग्रेसका शिबराज मैनाली र नेकपाबाट एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भएका छन । संघको बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य निर्बाचनको लागि १ हजार ३२५ जना व्यवसायीहरुले मतदान गर्ने निर्वाचन अधिकृत अधिबक्ता रामकृष्ण अधिकारीले जानकारी दिए ।

नेकपाको संयुक्त प्यानल चुनाबी मैदानमा रहेकाले नेपाली काँग्रेस निकटका व्यवसायीहरु दवावमा परेका छन । तर पनि व्यवसायिक सुरक्षाको स्पष्ट खाका सहित निर्वाचनमा गएका कारण काँग्रेस निकटका व्यवसायीहरु निर्वाचनमा सफलता हात पार्नेमा ढुक्क रहेको बताएका छन । नेकपाका व्यवसायीहरुले भने निर्वाचनमा आफ्नो स्पष्ट बहुमत रहेकाले जित हात पार्न सहज रहेको बताएका छन । २१ औं साधारण सभा तथा अधिवेशनले बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ । ७ सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको