बागमती प्रदेश कै कमजोर नगरपालिका बन्यो कालिका: भ्रमको खेती गर्दै ढाकछोपमा ब्यस्त छन मेयर श्रेष्ठ 
चितवन । स्थानिय  तह संस्थागत क्षमता मुल्यांकनमा बागमती प्रदेशकै नगरपालिका मध्ये कमजोर ‘कालिका नगरपालिका’ बनेपछि मेयर खुमनारायण श्रेष्ठ (गोपी)ले नगरमा भ्रमको खेती गर्न थालेका छन ।
केहि दिन अगाडी संचार माध्यम हरुमा कालिका नगरपालिका प्रदेश कै कमजोर भएको समाचार सार्वजनिक भएको थियो । मेयर श्रेष्ठले नियमित काम गर्न नसकेको र ढंग नपुगेको प्रतिक्रिया दिएका थिए । त्यसको १ हप्ता पनि नबित्दै आफू निकटका पत्रकारलाई कार्यकक्षमै बोलाई मेयर श्रेष्ठले बोली फेरेका छन । उनले आफुले गरेको कामको अभिलेख राख्न नसकेको लज्जास्पद प्रतिक्रिया दिएका छन ।
मेयर श्रेष्ठले दशै तथा विभिन्न समयमा खर्च उपलब्ध गराउँदै आफ्नो पक्षमा समाचार लेख्न लगाउदै आएका केहि पत्रकारहरुलाई बोलाई अभिलेखिकरण गर्न नसक्नु कमजोरी भएकोले सो लाई मिलाएर समाचार लेखिदिन लगाएको पाईएको छ ।
मन्त्रालयले निकालेको सो मुल्यांकनमा १ सय सुचक मध्य ४३ दशमलव ५ अंक ल्याई कालिका नगरपालिका अन्तिममा परेको थियो । बागमती प्रदेशमा ३ महानगर, १ उपमहानगर, ४१ नगरपालिका र ७४ गाउँ पालिका रहेका छन ।   
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव तथा प्रबक्ता बसन्त अधिकारीले हरेक पालिकाले गरेका कामहरु संबंधित पालिकाले नै अनलाइन प्रबिष्टी गर्ने गरेको बताउनु भयो । स्थानिय पालिकाले आफैंले थाहा पाँउछ्न कि आफुले के कति र कस्तो काम गरेको छु अथवा बजेटको अबस्था र काम थाहा हुँदाहुँदै पनि कामहरु हुन सकेका छैनन् – अधिकारीले कालिका दैनिक अनलाइन संग भन्नू भयो । 
स्थानिय तह हरुले गरेको कामको विवरण सोही समयमा नै अनलाइन प्रबिष्टी गर्ने ब्यबस्था रहेको छ । हरेक स्थानिय तहले सरकारले तोके अनुसारको मापदण्डमा काम गर्नु पर्दछ । विधि र पद्धति भन्दा बाहिर गरेका कामको मुल्यांकन नहुने भन्दै मन्त्रालयका प्रबक्ता अधिकारीले सरकारले तोके अनुसारको सुचक पुरा गर्ने गरि काम नगरेकाले स्वमूल्याकंनमा पालिकाहरु कमजोर हुनेगरेको बताउनु भयो ।
समयमा नै कार्यसम्पादन गर्ने, सोको सार्बजनिक सुनुवाइ गर्नुपर्ने, महिला, बालबालिका, अपंगता, जेष्ठ नागरिक लगायतको क्षेत्रमा काम गरेको हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति विवरण, कार्यपालिका बैठक, बजेट बिनियोजन लगायतका १ सय सुचक पूरा गर्नेगरी काम गर्न समेत प्रबक्ता अधिकारीले सबै पालिकाहरुलाई अनुरोध समेत गर्नु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको