। देवघाटधामको स्थापना गरिएको श्री राम जानकी गार्गी कन्या गुरुकुलका शिक्षा लिइरहेका पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका करिब ५४ जना कन्याहरूकालागि आज एक कार्यक्रम बीच स्पाउज क्लब अफ नारायणगढ रोटरीका अध्यक्ष मनसा थैवले नगद रु. १०,५०५ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । अध्यक्ष मनसा थैवको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उक्त संस्थाका अध्यक्ष एवम् प्रमुख संरक्षक भगवती उपाध्याय विशिष्ट अतिथीको रूपमा हुनुहुन्थ्यो ।









