अख्तियार प्रमुख नवीनकुमार घिमिरेलाई कोरोना संक्रमण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभएको छ ।

कोरोना संक्रमण भएपछि अख्तियार प्रमुख घिमिरे मंगलबारदेखि आइसोलेसनमा बस्नु भएको छ । केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने ३० जना भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको