नायिका जान्हवी कपूरको मुख्य भुमिका रहेको चलचित्र ‘गुञ्जन सक्सेना’ ७० करोडमा बिक्री

मुम्बई । करण जोहरले निर्माण गरेको चलचित्र ‘गुञ्जन सक्सेना’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । यो चलचित्रलाई नेटफ्लिक्सको माध्यमबाट रिलिज गर्न लागिएको छ ।

चलचित्रलाई डिजिटल प्लेटफर्ममा बिक्री गरेर निर्माताले राम्रो नाफा कमाएका छन् । नायिका जान्हवी कपूरको मुख्य भूमिका रहेको यो बायोपिक चलचित्रलाई नेटफ्क्लिसले ७० करोड रुपैयाँमा किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायिका जान्हवी कपूरको क्रेज, चलचित्रको चर्चा र प्रोडक्सन हाउसको लोकप्रियताको आधारमा पनि यो चलचित्रलाई महँगो रकममा किनिएको हो ।

यो चलचित्र निर्माणका लागि निर्माताले २५ देखि ३० करोड खर्च गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि चलचित्र ‘गुलाबो सिताबो’लाई ६५ करोडमा नेटफ्लिक्सले किनेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको