
एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर यस्ता कलाकार हुन् जो, फिल्मी करियर भन्दा बढी व्यक्तिगत सम्बन्धका कारण चर्चामा आउने गर्छन्।
केही समय अघिसम्म अभिनेत्री दीपिका पादुकोणसँग प्रेम सम्बन्धमा रहेका रणवीर पछिल्लो समय अभिनेत्री आलिया भट्टसँगको प्रेम सम्बन्धका कारण चर्चामा छन्।
यसै सन्दर्भमा अभिनेत्री दीपिकाले आफ्नो पूर्वप्रेमी रणवीर र आलियाको सम्बन्धका बारेमा नयाँ खुलासा गरिदिएकी छन्। एक अन्तर्वार्ताका क्रममा दीपिकाले रणवीर र आलिया गहिरो सम्बन्धमा रहेको र उनीहरू चाँडै नै विवाह बन्धनमा बाँधिन लागेको बताएकी हुन्।
अन्तर्वार्ताकारले दीपिकालाई, ‘रणवीर कपूर जो, दीपिका र आलिया दुवैसँग नजिक थिए, अब दीपिकाको त विवाह भइसक्यो,’ यति भन्नसाथ दीपिकाले हतार–हतार, ‘आलिया पनि चाँडै नै विवाह गर्दैछिन्’, भनेकी छन्।
यसबाट सोझै अनुमान लगाउन सकिन्छ कि, रणवीर कपूर र आलिया भट्ट चाँडै एक हुँदैछन्।
यसअघि, आलियाले रणवीर सिंह र दीपिकाबीच २०१८ मा विवाह हुने संकेत गरेकी थिइन्। सोहीअनुसार उनीहरू एक भएका थिए। अब, दीपिकाले दिएको संकेत अनुसार आलिया र रणवीर कपूर एक हुने हुन् कि होइनन्, त्यो भने सम्पूर्ण प्रसंशकका लागि पर्खाइको विषय बनेको छ।
पछिल्लो दिनमा आलिया र रणवीर नयाँ फिल्म ‘ब्रह्मास्त्र’को छायाँकनका लागि मनाली पुगेका छन्। जहाँ, अमिताभ बच्चन, मौनी राय, नागार्जुनलगायतको अभिनय छ।