चितवन । प्रथम राप्ती महोत्सबको आज तेस्रो दिनमा बाल कलाकार कमला घिमिरे र राष्ट्रिय लोक तथा दोहोरि गायक खुमन अधिकारीको प्रस्तुतिमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए ।
अत्याधिक दर्शकको उपस्थिति भएको आजको दिनमा दर्शकको माग अनुसार साँझ सम्म पनि सांगेतिक माहोल रहेको तेस्रो दिनमा अन्य प्रस्तुतिमा भण्डारा डान्स सेन्टर , लोक गायक ढाकाराम पौडेल , दिक्षा सुनार र ममता चौधरीले पनि दर्शकलाई उत्साह जनक साथ दिएका थिए ।
भोलि महोत्सबको चौथो दिन ३ गते आइतबार राष्ट्रिय लोक तथा दोहोरि गायक बद्रि पंगेनी चर्चित मोडल तथा डान्सर अन्जली अधिकारी र साथमा दिक्षा सुनुवार , ममता चौधरीको प्रस्तुति रहनेछ ।