चितवन । नेपाली चलचित्र पोइ पर्यो कालेको रिलिज हुने मिति नजिकिदै गर्दा चलचित्र युनिट भने प्रचार प्रसारका लागि निस्किएको छ । चलचित्रको प्रचार प्रसारको क्रममा मोफसलमा निस्किएको चलचित्र युनिट शुक्रबार चितवन आइपुगेको हो ।
चलचित्र युनीटले गर्यो चितवनको भरतपुर र पर्साको म्याङ्गो जन ज्योती सिनेमा हलमा पत्रकार सम्मेलन गर्दै चलचित्र उत्कृष्ट बनेको घोषणा गरेको छ । आगामी कात्तिक ८ गते तिहारका अवसरमा रिलिज गर्ने तयारीमा रहेको चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा, सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । शिशिर राणाको निर्देशन तथा लेखनमा रहेको चलचित्रको निर्माता भने राजिव गुरुङ अर्थात दिपक मनाङ्गे रहेका छन् ।
चलचित्रमा काले पोइको भूमिकामा सौगात मल्लले अभिनय गरेका छन् । यसबाहेक चलचित्रमा रोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयम् यसका कलाकार रहेका छन् । फिल्ममा सुवास भुसाल र पुरुषोत्तम लामिछानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य निर्देशन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।
चितवनमा आयोजित पत्रकार सम्मेलनमा शिशिर राणा, आकाश श्रेष्ठ, पूजा शर्मालगायतको सहभागिता रहेको थियो ।