नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि आंशिक बन्द

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि आंशिक बन्द हुने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले जारी गरेको सूचनामा छ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ।’ धादिङको कृष्णभिरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा छ।

सवारी आंशिक रूपमा बन्द गरेर तुइन खेलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउन लागिएको हो। नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १ः३० बजे, ३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ। तोकिएको बाहेक समयमा उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको