एमाले गण्डकी गाउँपालिकाद्वारा प्रदेश सरकारसँग विकास योजनाको माग

गोरखा । नेकपा एमाले गण्डकी गाउँपालिका कमिटीको आयोजनामा आर्थिक वर्ष २०८३/८४ का लागि गण्डकी गाउँपालिकाका विभिन्न विकास योजनाहरू गण्डकी प्रदेश सरकारमार्फत समावेश गराउन माग गरिएको छ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेत को नेतृत्वमा पालिका इन्चार्ज गोपाल पाण्डे, जिल्ला कमिटी सदस्य, पालिका कमिटीका पदाधिकारी, पूर्व उपसचिव, सल्लाहकार सदस्य, गोरखा–काठमाडौं सम्पर्क मञ्चका सदस्य तथा सरोकारवालाको टोलीले गण्डकी प्रदेश सरकारका विभिन्न मन्त्रालयमा पुगेर योजनासहितको मागपत्र पेश गरेको हो।

टोलीले गण्डकी गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटनलगायतका क्षेत्रसँग सम्बन्धित योजनाहरू आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न प्रदेश सरकारसँग आग्रह गरेको एमाले गण्डकी गाउँपालिका अध्यक्ष भिमलाल श्रेष्ठले बताए।

 

श्रेष्ठका अनुसार गण्डकी गाउँपालिकाको आवश्यकता र प्राथमिकताका आधारमा योजनाहरू माग गरिएको र ती योजनाहरू प्रदेश सरकारको आगामी बजेटमा समेटिने अपेक्षा गरिएको छ।

प्रदेश सरकारले आर्थिक बर्ष २०८३/०८४ को बजेट आगामी असार १ गते सार्वजनिक गर्दैछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको