चितवनमा वातावरणमैत्री अत्याधुनिक प्रविधिद्वारा  स्मार्ट प्यानल उत्पादन सुरु, मुख्यमन्त्री बानियाँद्वारा निरीक्षण

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भरतपुरस्थित प्रिफ्याव प्यानल नेपाल प्रालिको अवलोकन तथा निरीक्षण गरेका छन । अवलोकनपछि मुख्यमन्त्री बानियाँले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताए । उनले वातावरणमैत्री तथा उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमार्फत अघि बढाईउने जानकारी दिए ।’

कार्यक्रममा कम्पनीका संचालक  नारायण रेग्मीले नेपाली निर्माण क्षेत्रमा आधुनिक, दिगो तथा वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यले अत्याधुनिक स्मार्ट प्यानल उत्पादन सुरु गरिएको जानकारी दिए ।
सन् २०२४ मा स्थापना भएको कम्पनीमा हाल करिब १० करोड रुपैयाँ लगानी रहेको उनले बताए । रेग्मीका अनुसार कम्पनीले नेपाली निर्माण क्षेत्रमा आधुनिक निर्माण प्रविधिको विस्तार गर्दै आफ्नो सशक्त उपस्थिति स्थापित गरेको छ ।

घर निर्माण सामग्री क्षेत्रमा लामो अनुभवका आधारमा कम्पनीले आधुनिक आवश्यकता अनुसार विभिन्न निर्माण सामग्री उत्पादन तथा बजार विस्तार गर्दै आएको उनले बताए ।
कम्पनीद्वारा उत्पादित स्मार्ट प्यानल बलियो, टिकाउ तथा छिटो जडान गर्न सकिने निर्माण सामग्री हो। ध्वनि नियन्त्रणमा प्रभावकारी मानिने उक्त सामग्री घर, कार्यालय, उद्योग तथा अन्य संरचनाको निर्माणमा प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ ।
यसै कम्पनी अन्तर्गत स्मार्ट सिलिङ इन्डस्ट्रिजले पनि जिप्सन तथा प्रिफ्याव च्यानलहरु उत्पादन गरि चितवनबाटै छिट्टै बिक्रीवितरण गर्ने तयारी गरेको छ ।
कम्पनीका अनुसार यहाँ उत्पादन भएका सामग्री हाल देशैभरी पुगिसकेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको