क्लब अफ इन्भाइरोमेन्टल साइन्स सप्तगण्डकीको अध्यक्षमा रोशन थापा

चितवन ।  सप्तगण्डकी बहुमुखी क्याम्पस अन्तर्गत रहेको क्लब अफ इन्भाइरोमेन्टल साइन्स सप्तगण्डकी (CESS) को ११औँ वार्षिक अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रोशन थापा, उपाध्यक्षमा अस्मिता शर्मा, सचिवमा सुरक्षा अधिकारी, सहसचिवमा स्मृति भण्डारी तथा कोषाध्यक्षमा अनिल शर्मा चयन भएका छन् ।

यस्तै, कार्यक्रम संयोजकमा दीपशिखा रखाल मगर चयन भएकी छन् ।CESS वातावरण संरक्षण तथा जनचेतनामूलक गतिविधिमा सक्रिय सप्तगण्डकी बहुमुखी क्याम्पसको एक क्लब हो । क्लबले क्याम्पसभित्र विभिन्न वातावरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै समुदायस्तरमा समेत वातावरण संरक्षणसम्बन्धी गतिविधि गर्दै आएको जनाएको छ ।
क्लबले आगामी दिनमा वातावरण संरक्षण र जनचेतना अभिवृद्धिमा केन्द्रित थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको