काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३र०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ भने त्यसमाथि छलफल पनि हुनेछ ।
त्यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।









