चितवन–१ मा एमालेको चुनावी तयारी तीव्र, राप्तीमा सम्पर्क कार्यालय उद्घाटन

चितवन । नेकपा एमाले चितवन क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राप्ती नगरपालिकामा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ ।
नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कडेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन कमिटी संयोजक प्रभा बरालको विशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि थपलियाले एमालेका उम्मेदवार दावा दोर्जे लामालाई विजयी गराउने गरी एकताबद्ध भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा प्रदेश कमिटी सदस्य, नगर कमिटी पदाधिकारी तथा नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै एमाले उम्मेदवार लामाले पार्टीले गरेका विकास निर्माण तथा उपलब्धिबारे जनमानसमा जानकारी गराउँदै संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा नेकपा एमाले चितवन क्षेत्र नम्बर १ अन्तर्गत राप्ती नगरपालिकामा २०१ सदस्यीय निर्वाचन परिचालन कमिटी र ५०१ सदस्यीय प्रचार कमिटी गठन गरिएको छ । निर्वाचन परिचालन कमिटी संयोजकमा स्यामलाल विक र प्रचार कमिटी संयोजकमा गोविन्द प्रसाद कडेललाई जिम्मेवारी तोकिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको