संसद पुनःस्थापनाको माग गर्दै  गोरखामा एमालेको जनप्रदर्शन तथा सभा

गोरखा । नेकपा एमाले गोरखाले आज गोरखा बजारमा लोकतन्त्रको सुरक्षा, संविधानको रक्षा र संसद पुनःस्थापनाको मागसहित जनप्रदर्शन तथा सभा गरेको छ। एमालेको केन्द्रिय निर्देशन अनुसार आज देशभर प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो । सोही अनुसार गोरखामा पनि जनप्रदर्शन तथा सभा गरिएको हो ।

जनप्रदर्शन एमाले पार्टी कार्यालय चाइनिज धाराबाट सुरु भएको र्‍याली ठूलो आगन हुँदै पुनः फर्केर एमालेको पार्टी कार्यलयमा कोणसभामा परिणत भएको थियो। कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतको प्रमुख आथित्य रहेको थियो। त्यसैगरी केन्द्रिय सदस्य  सम्झना देवकोटा, पार्टीको सम्पर्क समन्वय विभागका सचीव तथा युवा नेता आरसी लामिछानेसहित प्रदेश कमिटीसदस्य लगायतको उपस्थिती रहेको थियो ।

कोणसभामा राशरण बस्नेत, पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र थापाले सम्बोधन गरेका थिए ।  सभामा वक्ताहरूले संसद पुनःस्थापना, लोकतान्त्रिक अभ्यासको संरक्षण र जनताप्रति उत्तरदायी शासन प्रणाली सुनिश्चित गर्न एमालेले निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको