गण्डकी गाउँपालिकामा  तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न

गोरखा । गण्डकी गाउँपालिकाको आयोजनामा सञ्चालित तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८२ सम्पन्न भएको छ। गण्डकी गाउँपालिका वडा नं १  स्थित मकैसिङमा असोज  ३० गतेदेखि संचालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

तेस्रो संस्करणमा छात्र तर्फ श्री विजया भवानी माध्यमिक विद्यालय, गण्डकी–१ मकैसिङ र छात्रा तर्फ श्री ज्ञानमार्ग माध्यमिक विद्यालय, गण्डकी–७ ले उपाधि हात पारेका छन्। दुवै समूहको फाइनल खेलमा श्री दीर्घेश्वर माध्यमिक विद्यालय, गण्डकी–४ फुजेल लाई १–० गोल अन्तरले पराजित गर्दै दुवै टोलीले कप जितेको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख सुदिप पन्थले बताए ।

छात्र तथा छात्रा दुवै विधामा दीर्घेश्वर मा.वि., फुजेल द्वितीय भएको छ भने छात्र तर्फ ज्ञानमार्ग मा.वि., घ्याल्चोक र छात्रा तर्फ भैरवाश्रम मा.वि., फुजेल तृतीय स्थानमा रहेका छन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको रूपमा छात्रा तर्फ भैरवाश्रम मा.वि.की रबिना बराम र छात्र तर्फ विजया भवानी मा.वि.का सरोज श्रेष्ठ पुरस्कृत भएका छ्न ।  उत्कृष्ट गोलरक्षकमा छात्रा तर्फ ज्ञानमार्ग मा.वि.की सोइता विश्वकर्मा र छात्र तर्फ दीर्घेश्वर मा.वि.का विवेक सिजापती चयन भएका छन्।

उनीहरूलाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ। विजेता, उपविजेता र तृतीय  भएका विद्यालयहरूले क्रमशः रु. ३० हजार, १५ हजार र ७ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा गाउँपालिकाभित्रका ११ माध्यामिक विद्यालयको सहभागीता रहेको थियो ।

कार्यक्रमकै क्रममा हालै सम्पन्न छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यालयहरूलाई पनि ट्रफि तथा शिल्ड हस्तान्तरण गरिएको थियो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री भैरवाश्रम माध्यमिक विद्यालय , गण्डकी-३ फुजेलले जितेको थियो ।

साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी छात्र श्री ताङ्लीचोक माध्यमिक विद्यालय, गण्डकी-२ का सन्दिप नेपाली र १ स्वर्ण र २ रजत पदक जित्दै उत्कृष्ट खेलाडी छात्र श्री रत्नेश्वर माध्यमिक विद्यालय गण्डकी-५ को जेनीशा थापा ‍लाई जनही रु. ५० हजार, मेडल र प्रमाण-पत्र सहित सम्मान गरिएको छ ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना “साकार”, उपाध्यक्ष ललिता अधिकारी, विभिन्न वडाका वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको उपस्थिति रहेको थियो।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको