गण्डकी गाउँपालिका-४ मा डेङ्गी रोकथामका लागि सफाइ अभियान

गोरखा । बर्खायामसँगै डेंङ्गी फैलन सक्ने जोखिमलाई ध्यानमा राखी गण्डकी गाउँपालिका वडा नं ४ को कार्यालयले सन्देशमूलक रूपमा कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। आज भएको उक्त कार्यक्रममा वडा अध्यक्ष राजु बाबू भण्डारी, वडा सचिव विक्रम श्रेष्ठसहित वडा कार्यालयका सम्पूर्ण कर्मचारीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममार्फत वडाबासीमा सरसफाइ तथा सचेतना अभियानप्रति जागरूकता फैलाउने उद्देश्य राखिएको वडाअध्यक्ष राजु बाबू भण्डारीले बताए । उनले डेंङ्गीबाट बच्न वडाबासीलाई घर वरपर पानी जम्मा हुने खाल्डाखुल्डी तुरुन्तै पुर्न, प्रयोग नभएका भाडाकुँडा, टायर, बोतल जस्ता वस्तुमा पानी जम्मा हुन नदिन, हरेक सातामा एकपल्ट घर, आँगन र छत निरीक्षण गरी सफा गर्न र डेंगीका लक्षण देखिएमा स्वास्थ्य संस्थाको सल्लाह लिन आह्वान समेत गरेका छ्न ।

वडा कार्यालयले आगामी दिनमा यस्ता अभियान निरन्तर सञ्चालन गर्ने अध्यक्ष भण्डारीले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको