गण्डकी-७ मजुवामा २२ औँ राष्ट्रिय धान दिवस विविध कार्यक्रमका साथ सम्पन्न

गोरखा । “धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नारासहित २२ औँ राष्ट्रिय धान दिवस गण्डकी गाउँपालिका वडा नं ७ को घ्याल्चोक, मजुवामा विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाइएको छ। गाउँपालिकाको कृषि शाखाको आयोजनामा धान दिवस मनाइएको हो ।

कार्यक्रमको अवसरमा आयोजना गरिएको धान रोपाइँ प्रतियोगितामा दुर्गा रेग्मीले प्रथम स्थान हासिल गर्दै नगद रु. ५,००० प्राप्त गर्नुभएको छ। कल्पना रोका दोस्रो स्थान (रु. ३,०००) र सरस्वती अर्याल तेस्रो स्थान (रु. १,५००) प्राप्त गर्न सफल भएका छन्।

त्यस्तै, हिलोमा डोरी तान्ने प्रतियोगिता पनि आकर्षणको केन्द्र बनेको थियो। उक्त प्रतियोगितामा जनक ब. प्रजा, कुल बहादुर चेपाङ, राजेन्द्र चेपाङ र बल बहादुर चेपाङको टोली प्रथम हुँदै नगद रु. १०,००० जित्न सफल भयो। ईश्वर अधिकारी, अश्मिर भुजेल, मदन अधिकारी, सुरेश उपरकोटी, कान्छा विकको टोली दोस्रो (रु. ५,०००) र उद्धव चेपाङ, प्रवेश कुशवाहा, राजकुमार चेपाङ, अनिल यादव, सन्दीप कुशवाहाको समूह तेस्रो (रु. २,५००) भएका छन्।

कार्यक्रम गण्डकी गाउँपालिका वडा नं ७ का अध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना (साकार) प्रमुख अतिथि रहनुभएको कार्यक्रममा अन्य वडाका वडा अध्यक्षहरूको विशेष आतिथ्यता रहेको थियो।

उक्त अवसरमा गाउँपालिकाका कर्मचारी, विभिन्न वडाका कृषक तथा स्थानिय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको