गोरखा । नेकपा (एमाले) गण्डकी गाउँपालिका कमिटीले गाउँपालिकाभित्रका सम्पूर्ण वडाका योजनाहरू समेटिएको मागपत्र गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’लाई बुझाएको छ।
आज पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य तथा पालिका इञ्चार्ज गोपाल पाण्डे, पालिका अध्यक्ष भीमलाल श्रेष्ठ, पालिका सचिव कृष्णप्रसाद रेग्मी, उप–सचिव राजुबाबु भण्डारी,एमाले जिल्ला कमिटी सदस्य तथा वडा नं. ५ का इञ्चार्ज सुधीर कार्की, वडा नं. ६ का अध्यक्ष इन्द्रबहादुर गुरुङ तथा वडा नं. ८ का कमिटी सचिव भूपेन्द्र बाबु रेग्मी लगायतको उपस्थितिमा पालिका अध्यक्ष तिमिल्सिनालाई माग बुझाएको हो। ।
मागपत्रमा आगामी आर्थिक वर्ष २०८२/८३ मा बजेटमा प्राथमिकता दिनुपर्ने विषयहरू समावेश गरिएको छ।
अध्यक्ष तिमिल्सिनाले मागपत्रलाई गम्भीरतापूर्वक अध्ययन गरी यथासम्भव समेट्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, वडा अध्यक्षहरु, प्रमुख प्रसाशकीय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।
यस्ता छ्न मागहरु:













