गण्डकी गाउँपालिकामा दलित अगुवासँग आगामी बजेटका लागि राय–सुझाव संकलन

गोरखा । गण्डकी गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने सन्दर्भमा दलित समुदायका अगुवासँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

आज गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकरको उपस्तिथि मा सम्पन्न उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा रचनात्मक छलफलका साथ सम्पन्न गरिएको हो। कार्यक्रममा दलित समुदायका अगुवाहरूले शिक्षा, स्वास्थ्य, सीपमूलक तालिम, रोजगारी, आवास, सामाजिक न्याय लगायत विषयमा महत्वपूर्ण सुझावहरू राखेका थिए।

गाउँपालिका अध्यक्ष साकारले सबै समुदायको समावेशी सहभागितामार्फत नीति तथा कार्यक्रम निर्माण गरिने प्रतिबद्धता जनाउँदै, दलित समुदायका सुझावहरूलाई प्राथमिकताका साथ समेटिने बताएका थिए।

कार्यक्रमले आगामी बजेटलाई समुदायमै आधारित बनाई पारदर्शी र समावेशी बनाउने लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको