गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) शहिदलखन गाउँपालिका कमिटीले जनसरोकारका आवश्यकता र विकासका योजना समेटिएको औपचारिक मागपत्र गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई बुझाएको छ।
गाउँपालिकाको तल्लो टोल तहसम्म पुगी गरिएको प्रत्यक्ष जनसंवादपछि तयार पारिएको उक्त मागपत्र एमाले गाउँपालिका कमिटी अध्यक्ष काजिराम श्रेष्ठ र नेकपा एमाले गोरखा जिल्ला उपसचिव मनोज जोशीले संयुक्त रूपमा अध्यक्ष थापालाई पेस गरेका हुन्।
मागपत्रमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्राथमिकता दिनुपर्ने विषयहरू समावेश गरिएको छ। पार्टीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा जनताले राखेका आवश्यकता र सुझाव समेटेर बजेटमा समावेश गरिनुपर्ने माग गरेको छ।
अध्यक्ष थापाले मागपत्रलाई गम्भीरतापूर्वक अध्ययन गरी यथासम्भव समेट्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।









