बोन म्यारो क्यान्सर पीडित मिलन वि.क.को उपचारका लागि जापानबाट आर्थिक सहयोग संकलन

गोरखा । गण्डकी गाउँपालिका–७ निवासी बोन म्यारो क्यान्सर पीडित मिलन वि.क.को उपचारका लागि जापानबाट आर्थिक सहयोग संकलन गरिएको छ । गण्डकी गाउँपालिका–७ निवासी इन्द्र बहादुर वि.क.का नाति तथा सुरेन्द्र वि.क.का छोरा मिलन वि.क. विगत ७ महिनादेखि गम्भीर प्रकृतिको बोन म्यारो क्यान्सर (Acquired Aplastic Anemia) बाट पीडित भई उपचाररत छन्। आर्थिक अवस्था कमजोर भएको जनाउँदै पीडितका बुबा सुरेन्द्र वि.क.ले स्थानीय वडामा उपचारका लागि सहयोगको निवेदन प्रस्तुत गरेपछि वडा अध्यक्ष तुलसी रेग्मीले विशेष पहल गर्दै विदेशमा रहेका नेपालीहरूसमक्ष सहयोगको आह्वान गर्नुभएको हो।

अध्यक्ष रेग्मीको अनुरोधमा जापानमा रहेका गण्डकी गाउँपालिकाबासीहरूमध्ये अश्विन रेग्मी, सुसील तिवारी, र निराज रेग्मीको संयुक्त पहलमा सहयोग अभियान सञ्चालन गरियो। अभियानअन्तर्गत जापानमा रहेका सहयोगी मन भएका व्यक्तिहरूद्वारा जापानी येन १००,०४६ (Smile Remit माध्यमबाट करिब नेपाली रूपैयाँ ९४,५४३) संकलन गरिएको छ।

सहयोगी दाताहरूको विवरण यसप्रकार छ:

दाताको नाम रकम (¥)

अश्विन रेग्मी ७,०००
निराज रेग्मी ५,०००
सुसील तिवारी ५,०००
सुनिल राउत ५,०००
राजकुमार गुरूङ ५,०००
धु्रव अधिकारी ५,०००
राजेन्द्र गुरूङ ५,०००
सुमन तिवारी ३,०००
निशान रेग्मी ३,०००
कञ्चन नेपाल ५,०००
सजन परियार ५,०००
अस्मिता रेग्मी २,०००
विराट खनाल १,५००
निशा रेग्मी ३,०००
पवन रेग्मी ३,०००
रदिप ठकुरी ३,०००
सन्जय अधिकारी ३,०००
अनिल रेग्मी ३,०००
मुना ढकाल ३,०००
अनिल रेग्मी (साहिटोल) ३,०००
त्रिलोक चन्द ठकुरी ३,०००
गुलेली भ्लग (आशिष) ३,०००
बबिता नेपाल ३,०००
सृष्टि लम्साल २,०००
अमृत रेग्मी ३,०००
सम्झना नेपाल २,०००
पुजा रेग्मी ३,०००
विराट गैरे १,५४६
विशाल रेग्मी १,०००
सपना सिलवाल १,०००

यस अभियानमा सहभागी सम्पूर्ण सहयोगी मनहरुलाई वडा अध्यक्ष तुलसी रेग्मी तथा परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। “सेवा नै धर्म हो” भन्ने मान्यतामा आधारित यस अभियानले एक पीडित युवाको जीवन बचाउन सहयोग पुग्ने आशा गरिएको छ।

सहयोग गर्न चाहनेहरूका लागि:

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको