प्रेस काउन्सिलमा  गोरखाका पत्रकार श्रेष्ठसहित ६ सदस्य नियुक्त

गोरखा । प्रेस काउन्सिल नेपालमा गोरखाका पत्रकार भीमलाल श्रेष्ठसहित ६ सदस्य नियुक्त भएका छन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले श्रेष्ठसहित ६ जनालाई सदस्यमा नियुक्त गरेका हुन् ।

नवनियुक्त सदस्यहरूमा नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी रहेका छन् । केहीले नियुक्ति पत्र बुझिसकेका छन् भने केही बुझ्ने तयारीमा रहेको बताइएको छ । पत्रकार श्रेष्ठ पत्रकार महासंघ गोरखाका पुर्व अध्यक्ष समेत हुन । श्रेष्ठ कान्तिपुर टेलिभिजनको गोरखा जिल्ला संवाददाता पनि हुन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको