अनेरास्ववियु गण्डकी-काठमाडौ सम्पर्क कमिटीको अध्यक्षमा गोरखाका पनेरु

काठमाडौं । अनेरास्ववियु-गण्डकी काठमाडौ सम्पर्क कमिटीको दोस्रो सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनले १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

गोरखाका प्रेम पनेरु कमिटीको अध्यक्षमा चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा आदित्य पौडेल (लमजुङ), सुजता सुनार (पर्वत) र मन कुमारी बुढा (बागलुङ) चयन भएका छन्।

सुजन सुवेदी (नवलपुर) सचिवमा निर्वाचित भएका छन् भने सहसचिवमा वर्षा पण्डित (लमजुङ), अस्मिता पौडेल (स्याङ्जा) र सुदिप सुवेदी (कास्की) चयन भएका छन्।

त्यसैगरी, तेजेन्द्र शर्मा (म्याग्दी) नयाँ कोषाध्यक्षमा चयन भएका छन्।

सम्मेलनमा संगठन सुदृढीकरण, विद्यार्थीको हितमा प्रभावकारी कार्यक्रम सञ्चालन तथा गण्डकी प्रदेशमा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने विषयमा छलफल भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको