काठमाडौँ । जननेता मदनकुमार भण्डारी र कुशल संगठक जिवराज आश्रितको ३२ औं स्मृति दिवसका अवसरमा नेकपा (एमाले) गोरखा–काठमाडौँ सम्पर्क मञ्चले आज टोखा–९ स्थित “हिमालय वृद्धाश्रम”मा रहेका ६० जना ज्येष्ठ नागरिकलाई साँझको भोजन गराएको छ।
सम्पर्क मञ्चका अध्यक्ष रुपेश रोकाहाले कार्यक्रमको नेतृत्व गर्दै दिवंगत नेतृत्त्वद्वय मदन भण्डारी र जीवराज आश्रितको आदर्शलाई समाजसेवामार्फत् उजागर गर्नेदिनको उद्देश्य रहेको बताए। “पार्टीको राजनीतिक उत्तरदायित्वसँगै सामाजिक हेरचाह पनि हाम्रो कर्तव्य हो,” अध्यक्ष रोकाहाले भने, “ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्न आजको कार्यक्रममा हामी सबै जुट्यौँ।”

कार्यक्रममा नेकपा एमालेका सम्पर्क समन्वय सचिव आरसी लामिछाने, सम्पर्क समन्वय सदस्य तथा स्याङ्जा इन्चार्ज अ्मृता अधिकारी, सम्पर्क समन्वय सदस्य तथा गोर्खा इन्चार्ज निर्मला अधिकारी, गण्डकी प्रदेश सम्पर्क कमिटी अध्यक्ष राजेन्द्र आचार्य, उपाध्यक्ष पदम गिरी, गण्डकी सम्पर्क पूर्व अध्यक्ष कमल दानी, गण्डकी प्रदेश सम्पर्क कमिटी सदस्य तथा गोर्खा सम्पर्क पूर्व अध्यक्ष भिम काप्री , गण्डकी प्रदेश सम्पर्क सदस्य इन्द्र भट्ट, बुद्दिजिवि परिषद सदस्य उपेन्द्र देवकोटा,भूपु सैनिक तथा प्रहरी संगठन केन्द्रीय सदस्य रमेश रोकाहा तथा सम्पर्क मञ्चका सदस्यहरू सहभागी थिए। वृद्धाश्रमका अध्यक्षले ज्येष्ठ नागरिकप्रति गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता पहलले संस्थालाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे।
मञ्चका अनुसार आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र ज्येष्ठ नागरिक कल्याणसँग सम्बन्धित सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तर सञ्चालन गरिनेछन्।










