एमाले गोरखाले मदन-आश्रीतको योगदानबारे चर्चा गर्दै मनायो ३२ औं स्मृति दिवस

गोरखा । नेकपा (एमाले) गोरखाले जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन महासचिव कमरेड मदन कुमार भण्डारी र कुशल संगठक जिवराज आश्रीतको ३२ औं स्मृति दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण वस्नेत प्रमुख अतिथिको रुपमा उपस्थित रहे। साथै, केन्द्रिय सदस्य सम्झना देवकोटा, प्रदेश कमिटी सदस्यहरू लगायत अन्य नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा मदन भण्डारी र जिवराज आश्रीतको तस्वीरमा माल्यार्पण गर्दै उनीहरूको योगदानबारे चर्चा गरिएको थियो।
नेताहरूले जनताको बहुदलीय जनवाद (जवज) लाई अझ सशक्त रुपमा अगाडि बढाउँदै संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादको विरुद्धमा पार्टी एकताका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए। नेकपा (एमाले) गोरखा अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रम पार्टी सचिव काजिराम रोकाले संचालन गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको