काठमाडौँ । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आएकी छन्। उनी आज बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आएकी हुन्।
वर्ल्ड वाइड फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले झन्डै ३ करोड खर्च गरेका छन्।
कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक–गायिकाले पनि प्रस्तुति दिने भएका छन्। कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाइस अफ नेपालका चन्द्रकला राईलगायत ५ जनाले प्रस्तुति दिनेछन्।









