गोरखा । गोरखा नगरपालिका–१० स्थित छेपेटारमा रहेको दरौदी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका–८ का २३ वर्षीय आयुष गुरुङ रहेका छन ।
शुक्रवार दिउँसो करिब ४:३० बजेको समयमा आयुष गुरुङ आफ्ना साथीहरूसँग पालुङटार नगरपालिका–२ स्थित लिगलिगकोट घुमेर फर्कंदै गर्दा दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए।
घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य सुरु गरिएको थियो र केही समयपछि उनको शव फेला पारिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









