४० वर्षमा कक्षा ८ मा भर्ना: गाउँपालिका अध्यक्षले गरे स्वागत

गोरखा । “पढ्न उमेरले छेक्दैन” भन्ने भनाइलाई जीवनमा उतार्दै गण्डकी गाउँपालिका वडा नं २ दलभञ्ज्याङ निवासी ४० वर्षीया तिलमाया थापा मगरले फेरि औपचारिक शिक्षा सुरु गरेकी छिन्। शिक्षाप्रति गहिरो मोह भएकी थापा आज गण्डकी गाउँपालिका वडा नं ६ स्थित श्री तोमनडाँडा माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना भइन्।

शैक्षिक यात्रा अपूरो भए पनि कहिल्यै नथाक्ने अठोटका साथ विद्यालय फर्किएकी थापाको साहस र आत्मविश्वास साँच्चै प्रशंसनीय रहेको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना साकारले बताए । उनलाई गाउँपालिका अध्यक्ष तिमिल्सिनाले विद्यालयमै पुगेर स्वागत गर्दै थप हौसला प्रदान गरे।

“तिलमायाज्यूको यो प्रयास सम्पूर्ण समुदायका लागि प्रेरणाको स्रोत हो,” अध्यक्ष तिमिल्सिनाले भने। उनले शिक्षालाई जीवनको अनिवार्य यात्राको रूपमा लिनुपर्ने उल्लेख गर्दै उमेरले सिकाइको यात्रा रोकिन्न भन्ने स्पष्ट सन्देश दिएको समेत बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको