गोरखा । नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालीका कमिटीले एसईइ-२०८० मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी, ज्येष्ठ कम्युनिष्टलाई सम्मान तथा २०८२ को क्यालेन्डर विमोचन गरि स्थापना दिवस मनाएको छ ।
आज एक कार्यक्रमकाबीच एसईइ-२०८० मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी, ज्येष्ठ कम्युनिष्टलाई सम्मान तथा २०८२ को क्यालेन्डर विमोचन गरि स्थापना दिवस मनाएको हो ।


कार्यक्रम एमाले गण्डकी गाउँपालिका अध्यक्ष भिमलाल श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सम्झना देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी एमाले गण्डकी प्रदेश कमिटी सदस्य गोपाल पाण्डे, जिल्ला कमिटी उपाध्यक्ष मीन बहादुर अधिकारी लगायतका जिल्ला कमिटी सदस्य, गाउँपालिका सदस्य र वडा कमिटीका पदाधिकारी एवंम सदस्यको उपस्तिथि रहेको कार्यक्रम गाउँपालिका कमिटी सचीव कृष्ण प्रसाद रेग्मीले संचालन गरेका थिए ।











