चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को साहायक संगठन, याेङ्ग कम्युनिष्ट लिग (वाई.सि.एल.) नेपाल, भरतपुर महानगरपालिका वडा नं १५ को अध्यक्षमा रोमिनजंग थापा चयन भएका छ्न । आज भएको ४ औं वडा सम्मेलनबाट थापाको नेतृत्वमा १८ सदस्यीय कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा निशा परियार, सचिवमा श्याम दाहाल, सह–सचिवमा विकास पौडेल, कोषाध्यक्षमा आदेष गौतम चयन भएका छन ।









