फोनिज गोरखाको अध्यक्षमा पुनः  बराम चयन

गोरखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गोरखाको अध्यक्षमा पुनः मेलिना बराम चयन भएकी छिन् । महासंघको आइतवार सम्पन्न चौथो अधिबेशनले बरामको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा संगिता चेपाङ, सह–सचिवमा बिबर गुरुङ र कोषाध्यक्षमा संजित आले मगरलाई सर्बसम्मत रुपमा चयन गरेको छ । त्यस्तै सदस्यहरुमा महिला तर्फ प्रतिक्षा आले मगर, खुल्ला तर्फ अभिषेक तामाङ, छिरिङ फुन्जो लामा र संस्थागत तर्फ रेडियो गोरखाका प्रेम घले निर्विरोध चयन भएका छन् ।

अधिबेशनले फोनिजको केन्द्रिय प्रतिनिधिमा शुसिलबाबु श्रेष्ठ र दिपक श्रेष्ठलाई चयन गरेको छ भने गण्डकी प्रदेशको प्रतिनिधिमा आत्माराम श्रेष्ठ, छिरिङ पुञ्चो लामा, प्रतिक्षा आले मगरलाई चयन गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गोरखाको अध्यक्ष विष्णुराना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोनिज गोरखाका पूर्वाध्यक्ष शुसिलबाबु श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका पूर्वाध्यक्ष भीमलाल श्रेष्ठ, प्रेस युनियनका अध्यक्ष नरेन्द्र ढकाल, नेवा: देय् दबू पत्रकार अध्यक्ष दिपक श्रेष्ठ, नेवा: देय् दबू गोरखाका अध्यक्ष देबीप्रसाद श्रेष्ठ, तमू ह्युल छों धी जिल्ला कार्य समितिका अध्यक्ष रामबहादुर तमू लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको