धर्म र जेन्डर

निता कट्टेल  । धर्मले नारी वा पुरुषको सामाजिक एवं वैचारिक स्थितिलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। हिन्दू धर्मले महिलालाई द्धैध रुपमा हेरेको छ। एकातिर महिलालाई देवी सृजनशील सहयोगीको रुपमा लिएको छ भने अर्कोतिर महिलालाई दासीको रूपमा हेरिएको छ । गरुण पुराणको सारबाट बुझ्न सकिन्छ परिवारको हरेक क्रियाकलापमा छोराको आवश्यकता पर्दछ । मर्दाका सातवटी (हिन्दू धर्मको प्रभावबाट समाजमा प्रचलित उखान) तर प्राचीनकालमा नारीहरूको उच्च स्थान रहेको थियो। बौद्धिक योगमा महिलाहरू स्वतन्त्र थिए। भेदमा महिला कवियत्रीहरूले चर्चा गरेको छ। मैत्रीयी , गार्गी जस्ता महिलाहरूले पनि हिन्दू धर्ममा पुरुषको तुलनामा उच्च छाप छाडेक छन्।

क्रिश्चियन धर्ममा पनि महिला र पुरुषमा भेदभाव रहेको पाइन्छ । उक्त धर्मानुसार आदम संसारको पहिलो र इभ पहिलो महिला हुन् । इभले ईश्वरले नगर्न भनेको कुराहरू गरिन् । र आदमलाई पनि गर्न बाध्य तुलाएकोले उनीहरूले मानिसको जन्म लिन बाध्य भए र आदमको छातीको हड्डीबाट इभको जन्म भएको हुँदा पुरुषको ईश्वरसँग प्रत्यक्ष सम्बन्ध हुन्छ भने महिलाको पुरुषसँग मात्र रहेको कुरा उल्लेख गरिएकाले महिलालाई दोस्रो दर्जामा रहेको कुरा स्वत बुझ्न सकिन्छ

बौद्ध धर्ममा अध्ययन गर्न भिक्षु तथा भिक्षुणी हुन् महिला तथा पुरुषलाई बराबर छुट दिएको छ। तर महिला भिक्षुणीलाई भन्दा पुरुष भिक्षुलाई बढी सम्मान दिने प्रचलन भएपनि अरु धर्ममा भन्दा यस धर्ममा बढी समानता देख्न सकिन्छ।

मुस्लिम धर्ममा कुरानलाई आधार मान्ने हो भने महिला र पुरुष बराबर जस्तो देखिन्छ तर व्यावहारिक रूपमा महिलाहरू विभिन्न अवसर र अधिकारबाट वञ्चित छन् । महिलालाई आफ्नो अनुहारसमेत सबैको अगाडि देखाउन स्वतन्त्र छैन । बहुविवाहको सन्दर्भमा महिलामाथि नियन्त्रण गरिएको छ तर पुरुषलाई भने छुट छ । लेखक कट्टेल प्रविधिक सहायक ( शिक्षा शाखा )कारुपमा भरतपुर महानगरपालिकामा कार्यरत छिन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको